खोटाङ । बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका शुभद्रा मदन फाउण्डेसनका सञ्चालक तथा कृषि विज्ञ मदन राईलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ । शुक्रबार पक्राउ परेका राईलाई तीन दिनपछि जिल्ला अदालतमा म्याद थप गरी बाल यौन दुरुपयोगमा मुद्दा चलाइएको हो ।
राईलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा डाडाँगाउँमा रहेको फाउण्डेसनबाटै शुक्रबार मध्याह्न १२ बजेतिर पक्राउ गरिएको थियो । उनी सम्बद्ध फाउण्डेसनले विगत ६ वर्षदेखि जीवनोपयोगी शिक्षा दिँदै आएको थियो ।
फाउण्डेसनको व्यवस्थापनमा २०७२ सालदेखि जनजागृति मावि सञ्चालन हुँदै आएको थियो । उक्त विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई राईले यौनजन्य क्रियाकलापमा बाध्य पारेको भिडियोसहितको प्रमाण भेटिएपछि राईलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया