काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा देशका पूर्वउपप्रधानमन्त्री र पूर्वमन्त्री प्रहरी हिरासतमा छन् ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आइतबार राति पक्राउ गरेर हिरासतमा राखेको छ भने पूर्व गृहमन्त्री बालकृष्ण खाण वैशाख २७ गतेदेखि प्रहरी हिरासतमा छन् ।
रायमाझी र खाण राज्यका पूर्वपदाधिकारी मात्र नभएर रायमाझी एमालेका सचिव हुन् भने खाण कांग्रेस केन्द्रीय सदस्य हुन् । नेकपा माओवादीले १० वर्ष सञ्चालन गरेको सशस्त्र द्वन्द्वको पृष्ठभूमिबाट उदाएका रायमाझी शान्तिप्रक्रियामा आइसकेपछि अर्घाखाँचीबाट लगातार सांसद निर्वाचित हुँदै आएका छन् । यसैक्रममा उनी एकपटक उपप्रधानमन्त्री र एकपटक मन्त्री भएका भइसकेका छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री खाण पक्राउ परेपछि मात्र एमालेले उनलाई सचिव पदबाट निलम्बन गरेको छ ।
यस्तै उनको पक्राउ गर्दाको विषयमा पनि विभिन्नखाले समाचार बाहिरिएका छन् । पक्राउपछि पनि खाणले सोमबारसम्म सरकारी वकिलसमक्ष बयान दिएका छैनन्। सोमबार उनको बयान लिने कार्यक्रम थियो । प्रहरीले सरकारी वकिल कार्यालयमा पुर्याएको पनि थियो । तर बिरामी भएको भन्दै पूरा बयान दिन खाणले अस्वीकार गरे। त्यसपछि मंगलबारका लागि उनको बयान सारिएको छ ।
एमाले नेता रायमाझीलाई तीन दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ भने सोमबारबाटै सरकारी वकिलले बयान लिन सुरु गरेका छन्। हिरासतमा पुग्दा खाणले लगातार देखाइरहेको व्यवहारमा चरम हताशा छ । हिरासतमा उनलाई भेट्न पुगेका एक कांग्रेस नेताका अनुसार प्रकरणमा आफू निर्दोष भए पनि पक्राउ गरेर आफ्नो राजनीतिक जीवन सक्ने षड्यन्त्र भएको बताउने गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया