Logo

प्रमुख समाचार

‘शरणार्थी प्रकरणको अनुसन्धानलाई प्रभावित पार्न दुष्प्रयास गर्नेहरूको भण्डाफोर गर्नुपर्छ’



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणर्थी प्रकरणको अनुसन्धान प्रक्रियामा दबाब वा प्रभाव पार्न दुष्प्रयास गर्नेहरूको भण्डाफोर गर्नुपर्ने बताएका छन् । उनले भ्रष्टाचारका काण्डमा अब सबैले प्रष्ट हुनुपर्ने भन्दै पक्षमा वा भ्रष्टाचारविरुद्धको अभियानमा कता उभिने भनेर निर्णय गर्ने समय आएको बताएका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘पछिल्ला दिनमा नागरिक तहमा प्रतिरोध प्रारम्भ भएको छ, जुन जायज र स्वभाविक छ । यसकाविरुद्ध भइरहेका तमाम नागरिक आन्दोलन र अभियानप्रति ऐक्यबद्धता प्रकट गर्दछु । अब कुनै पनि व्यक्ति, समूह वा राजनीतिक दल कि यो प्रतिरोधमा नागरिकका साथ उभिनुपर्छ कि भ्रष्टहरूको समर्थनमा, बीचको बाटो कसैसँग पनि छैन ।”

महामन्त्री थापाले आफूले सार्वजनिक सञचारमाध्यमसहित संसद्मा गराइसकेको विषयमा पुनः ध्यानाकर्षण गराउने भन्दै आफ्नो धारणा समेत सार्वजनिक गरेका छन् ।

विज्ञप्ति हेर्नुहोस्ः–

प्रकाशित मिति : जेष्ठ २, २०८० मंगलबार  ९ : १६ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।