काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।
केही दिनअघि निर्वाचन आयोगले राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको विषय सात दिनभित्र आयोगलाई जानकारी गराउन भनेको थियो ।
सोहीअनुसार जसपाले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको वेबसाइट र सञ्चारमाध्यमको विवरण उल्लेख गरी आज आयोगलाई जानकारी गराएको सो पार्टीका कायर्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।
प्रतिक्रिया