Logo

प्रमुख समाचार

नक्कली शरणार्थी प्रकरण : पक्राउ परेकाहरुलाई थप ३ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थप तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति दिएको छ । काठमाडौं प्रहरी परिसरले १६ जनामाथि थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

काठमाडौं जिल्ला अदालतले यस प्रकरणमा पक्राउ परेकाहरूलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले ५ दिनको समय माग गरे पनि अदालतले ३ दिन मात्रै दिएको हो ।

यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाणलगायत १६ जना पक्राउ परिसकेका छन् । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकसहित करिब एक दर्जन फरार रहेको बताइएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १८:३६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।