Logo

मनोरञ्जन

गायक पवन विष्टको ‘किन किन’मा गरिमा शर्मा (भिडियो)



काठमाडौं । गायक पवन विष्टको सुमधुर स्वरमा सजिएको ‘किन किन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा वरिष्ठ गीतकार विजय शिवाकोटीको शब्द रहेको छ । संगीतकार राजु सिंहले संगीतवद्द गरेको गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् ।

गीतमा प्रविशा अधिकारीको समेत स्वर सुन्न सकिन्छ । म्युजिक भिडियोमा स्वयम गायक विष्ट, नायिका गरिमा शर्मा र सन्तोष बानियाँको पनि अभिनय छ । भिडियो सन्तोष सेनको परिकल्पना र निर्देशनमा तयार पारिएको हो ।

भिडियोमा महेश पौडेलको सिनेटोग्राफी छ भने सम्पादन र रंग सयोजन कृष्ण भण्डारीले गरेका छन् । प्रेम पुरी निर्माता रहेको गीतलाई ‘नोभिस आर्ट’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १६:४९   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।