Logo

सुरक्षा परिषद्को बैठक सम्पन्न, काेराेना संकटबारे छलफल



राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पछिल्लाे समय बढिरहेकाे काेराेना भाइरस (काेभिड- १९) संकटबारे छलफल भएकाे छ । बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, कोभिड- १९ संकट, मुुलुकको अन्य सुरक्षा अवस्थालगायत विषयमा छलफल भएको  स्रोतले जनाएकाे छ । परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उक्त बैठक सम्पन्न भएकाे हाे ।

समुदायस्तरमा नै काेराेना भाइरस फैलिएकाे अवस्थामा अबका दिनमा कसरी नियन्त्रणमा लिने भन्नेबारे बैठकमा छलफल भएकाे जनाइएकाे छ । नेपाली सेनाकाे तीनदिने पृतना समन्वय बैठक सम्पन्न गरेको भोलिपल्ट सुरक्षा परिषद्को बैठक बस्नुलाइ अर्थपूर्ण रूपमा हेरिएकाे छ ।

बैठकमा प्रधानमन्त्री एवं रक्षामन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, मुख्यसचिव शंकरदास वैरागी, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत उपस्थित हुनुहुन्थ्याे ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार १०:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।