Logo

राजनीति

प्रधानमन्त्री प्रचण्डद्वारा ११औं पटक मन्त्रिपरिषद् विस्तार, पूर्णता पाउन लाग्याे पाँच महिना



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११ औं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंसिरमा भएको आमनिर्वाचनपछि १० पुसमा प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले मंगलबार ११औँ पटक विस्तार गर्दा मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

फेरबदल भएको सत्ता गठबन्धनमा भागबन्डा नमिलेकै कारण प्रचण्डलाई मन्त्रिपरिषद्लाई पूर्णता दिन सकस भएको थियो । एमालेसँगको गठबन्धन हुँदा नै छ पटक मन्त्रिपरिषद्मा हेरफेर भइसकेको थियो । नयाँ गठबन्धन बनेपछि उनले मंगलबार पाँचौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मंगलबार जनता समाजवादी पार्टी (जसपा)का वीरेन्द्रप्रसाद यादव वन तथा वातावरणमन्त्री र जसपाकै प्रमिला कुमारी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त भएसँगै प्रचण्ड मन्त्रिपरिषद् २५ सदस्यीय बनेको छ । संविधानले मन्त्रिपरिषद् बढीमा २५ सदस्यीयमात्रै हुन पाउने व्यवस्था गरेको छ ।

मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट ९, माओवादी केन्द्रबाट ६, जसपा २, नेकपा एकीकृत समाजवादी २, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीबाट १–१ जना मन्त्री बनेका छन् । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबाट १–१ जना राज्यमन्त्री बनेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार २१:१०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।