काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको सम्पत्ति रोक्का गर्न पत्राचार गरिएको छ । प्रतिवादी बनाइएकाहरुको सम्पत्ति रोक्का हुनुपर्ने माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता गरेको हो ।
उनीहरुको नाममा भएको बैंक, वित्तीय संस्थामा भएका सम्पत्ति, सेयरहरु लगायत सम्पूर्ण सम्पत्ति रोक्का लागि भन्दै सम्बन्धित निकायमा समेत पत्राचार गरिएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।
सम्बन्धित निकाय तथा कार्यालयहरुबाट पत्रको जवाफ भने आइनसकेको उल्लेख गरिएको छ । ३० जनालाई प्रतिवादी बनाउँदै बुधबार मुद्दा दर्ता गरिएको छ । उनीहरुमध्ये १६ जना पक्राउ परेका छन् भने बाँकी १६ जनालाई फरार प्रतिवादी बनाइएको छ ।
प्रतिक्रिया