Logo

समाचार

नक्कली शरणार्थी प्रकरण : थप एकजना पक्राउ



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । शरणार्थी प्रकरणमा फरार रहेकी अभियुक्त लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरीले आजै अदालतमा उपस्थित गराएको छ । प्रहरीले बुधबार ३० जनाविरुद्ध मुद्दा चलाउँदा १४ मध्ये उनलाई पनि फरार सूचीमा राखिएको थियो ।

महर्जन पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीले १७ जनालाई हिरासतमा लिएको छ । उनलाई कहाँबाट पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन ।

काठमाडौं जिल्ला अदालतमा आजबाट यो प्रकरणमा पक्राउ परेका अभियुक्तहरूको बयान सुरू भएको छ ।

प्रकाशित मिति : जेष्ठ १२, २०८० शुक्रबार  ४ : ०७ बजे

273
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।