Logo

मनोरञ्जन

भारतीय अभिनेत्री भाग्यश्री नेपालमा



काठमाडाैं । भारतीय अभिनेत्री भाग्यश्री नेपाल आएकी छन् । आज दिउँसो त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।

“म नेपाल पहिले पनि आएकी थिएँ, मैले कुनै चाडपर्वको समयमा सपरिवार यहाँ आउने सोच बनाएकी छु”, उनल भनिन्, “मेरा चलचित्र आइरहेका छन्, हेर्नुस् र माया गरिदिनुस् ।”

उक्त समारोहमा सहभागी हुन भारतीय कलाकार रञ्जीन, विन्दु दाह्रा सिंह, कमेडियन ध्वनी पवारलगायत नेपाल आइसकेकी छन् । भारतको प्रतिष्ठित अवार्ड ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’मा सहभागी हुन उनीहरु नेपाल आएका हुन् ।

यो अवार्डको छैटौँ संस्करण हो । यसअघि भारतमा आयोजना भएको अवार्ड समारोह यसपटक भने नेपालमा आयोजना हुँदैछ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार २१:३२   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।