काठमाडौं । लेखक तथा गीतकार लिला सेलिङ् माबोको शब्दमा ‘सिमाना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘द भ्वाईस अफ नेपाल सिजन ४’ बिजेता गायक करण राईको स्वरमा सार्वजनिक भएको गीतलाई देबेश राईले संगीत तथा एरेञ्ज गरेका छन् ।
गीतकार लिला र श्रीप्रसाद माबो निर्माता रहेको गीतलाई करण राई युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
चर्चित म्युजिक भिडियो निर्देशक शान थापाले निर्देशन गरेको म्युजिक भिडियोमा स्वंयम गायक करणको साथमा भ्वाईस अफ नेपालबाटै चर्चामा आएकी गायिका नितु पुनको अभिनय देख्न सकिन्छ । भ्वाईस अफ नेपाल ४ को स्टेजमा चर्चित बनेको जोडी करण र नितुको क्यामेस्ट्री जमेको छ । उनीहरु रोमान्टिक मुडमा देखिएका छन् ।
गीतकार लिला सेलिङ् सार्वजनिक गीत ‘सिमाना’ बाट निकै आसावादी रहेकी छिन् । आधा दर्जन गीत रेकर्ड गरिसकेकी लिलाले केही पुस्तकहरुपनि बजारमा ल्याईसकेकी छिन् । ‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’, संगै सुब्बा सुभाङी र निशान बारे खोजमुलक लेखहरु लेखेकी छिन् ।
त्यस्तै भ्वाईस बिजेता बनेपछि गीत रेकर्ड र सुटिङमा ब्यस्त बनिरहेका करणले भने ‘आफ्ना फ्यानहरुका लागी ‘सिमाना’ कोशेलीको रुपमा लिएको छु’ । शानद्धारा निर्देशित यस म्युजिक भिडियोमा डिओपी अर्जुन तिवारी, सिनेमाटोग्राफर बुद्ध थापा रहेको छ । सम्पादन सुप्रिम पराजुलीकोको रहेको छ, भने मेकअप सरिता मगरको रहेको छ ।





















प्रतिक्रिया