Logo

प्रमुख समाचार

अवैध कारोबारको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ र ‘राजु मास्टर’ सहित ८ जना पक्राउ



काठमाडौं । अवैध डिजिटल कारोवारमा संलग्न भएको आरोपमा प्रहरीले कलाकार मरिचमान श्रेष्ठ उर्फ ‘बल्छी ध्रुबे’ र ‘राजु मास्टर’ भनेर चिनिने राजु पौडेल लगायतका ८ जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालका भिडिओहरूमार्फत ‘वानएक्स बेट’को विज्ञापन गरेको र सट्टेबाजी गरेको आरोपमा अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

नेपालको कानूनले सट्टेबाजी तथा अनलाइन क्यासिनोलाई नेपाली नागरिकका लागि पूर्ण रूपमा बर्जित गरेको छ ।

 

 

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १२:५८   :  बजे

780
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।