Logo

मनोरञ्जन

‘आदिपुरुष’का लेखक मनोजलाई कसले दियाे ज्यान मार्ने धम्की ?



एजेन्सी। विवादित भारतीय चलचित्र आदिपुरुषका लेखक मनोज मुन्ताशिरलाई अपरिचित व्यक्तिहरुले ज्यान मार्ने धम्की दिएका छन् । फिल्मको विवादपछि मुन्ताशिरलाई ज्यान मार्ने धम्की दिइएको र मुम्बई प्रहरीले सुरक्षा दिइरहेको जनाएको छ ।

एक प्रहरी अधिकारीले समाचार एजेन्सी पीटीआईलाई भनेका छन्, “हामीले मनोज शुक्लाबाट सुरक्षाको लागि निवेदन प्राप्त गरेका थियौं, त्यसपछि उनलाई सुरक्षा दिइएको छ।”

चलचित्र आदिपुरुष गत साता रिलिज भएदेखि नै विवादमा परेको छ । फिल्मका धेरै संवादलाई लिएर मानिसहरुले आपत्ति जनाएका छन् । फिल्मलाई लिएर भारतमा समेत प्रदर्शन भइरहेको छ ।

सीता भारतमा जन्मेकी भन्ने संवादका कारण नेपालमा पनि चर्को आलोचना भइरहेको छ । नेपालभर आदिपुरुषको प्रदर्शन रोकिएको छ । विवादका बाबजुद पनि फिल्मले ३४० करोडको व्यापार गरेको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार ११:०४   :  बजे

1.8K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।