Logo

शिक्षा

बालेनकाे कदममा उच्च अदालत तँगाराे, हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश



काठमाडौं । उच्च अदालत पाटनले हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले मेला बन्द गराएपछि त्यसविरुद्ध उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) अदालत गएको थियो ।

न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुृक्त इजलासले हिसानको पक्षमा अन्तरिम आदेश दिएको उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन् । संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रमका लागि स्थानीय तहको अनुमति नचाहिने भन्दै उच्चले मेला नरोक्न अन्तरिम आदेश दिएको हो ।

३२ जेठदेखि भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेलामा ७५ वटा शैक्षिक संस्थाले स्टल राखेका थिए । तर काठमाडौं महानगरको नगर प्रहरीले स्वीकृति विपरीत मेला सञ्चालन गरेको भन्दै पहिलो दिन नै बन्द गराएको थियो ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १९:३३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।