काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफ्नो अनशन स्थगित गरेका छन् ।
उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए ।
आफूलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेपछि चलाउने त्यसको विरोधमा अनशन बसेका थिए ।
उनले त्यसलाई रोक्नुको कारणबारे जानकारी दिन आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दैछन् ।





















प्रतिक्रिया