Logo

मनोरञ्जन

पूर्व बैंकर रविना देशराजले गरिन् बिहे



काठमाडौं । पूर्व बैंकर रविना देशराज श्रेष्ठले विवाह गरेकी छन् । उनले बिहीबार स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह गरेकी हुन् । स्टुआर्ट बेलायती नागरिक हुन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा अभिनेताद्धय आयुष्मान देशराज र उनका भाई आशिरमानले बिहीबार आमा रविनाको विवाह गराइदिएको देख्न सकिन्छ । श्रेष्ठको विवाहमा दुबै छोराहरु र बुहारी प्रियंका कार्की खुशिले नाचेको भिडियोहरु सामाजिक सञ्जालमा छाइरहेका छन् ।

उनीहरूको विवाह समारोहमा रविनाका छोरा आयुष्मान, आशीर्मान, बुहारी प्रियंका कार्की, नातिनी, स्टुआर्टकी छोरीलगायतको उपस्थिति थियो ।

उनीहरूले गतवर्ष प्रेम दिवसको अवसरमा इन्गेजमेन्ट गरेका थिए ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार १४:१८   :  बजे

501
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।