Logo

अचम्म

ट्वीटरका मालिक एलन मस्कले जुकरबर्गसँग कुस्ती खेल्ने बताएपछि ……



एजेन्सी । कुस्ती एक प्रकारको खेल प्रतियोगिता भए पनि ट्वीटरका मालिक एलन मस्कले फेसबुकका मालिक मार्क जुकरबर्गलाई कुस्ती खेल्न चुनौती दिनु आनौठो सुनिन्छ । तर विश्वमा यी धनाढ्यहरुले एक अर्कासँग कुस्ती खेल्ने विषयमा जुहारी चलाएका छन् ।

ट्वीटरका मालिक एलन मस्कले आफूसँग कुस्ती खेल्नका लागि दिएको चुनौतीलाई फेसबुक संस्थापक मार्क जुकरबर्गले स्वीकार गर्दै कुन ठाउँमा लड्ने रु भने चुनौती दिएका छन्।

सबैभन्दा पहिले मस्कले आफ्नो ट्वीटरमा एक ट्वीट गर्दै आफू जुकरबर्गसँग कुस्ती खेल्न तयार भएको बताएका थिए। त्यसपछि मस्कको सोही ट्वीटको स्क्रिनशटसहित कुस्तीमा भिड्ने ठाउँ आफूलाई बताउन आग्रह गर्दै पोस्ट गरे।

जुकरबर्गले भिड्ने ठाउँको नाम बताउन आग्रह गरेपछि एलन मस्क रोकिएनन्। उनले भिडन्तस्थल भेगास अक्टागन रहेको बताए।

अक्टागन Ultimate Fighting Championship (UFC) bouts  आयोजना हुने तारबारसहितको क्षेत्र हो जुन नेवादाको लस भेगासमा पर्दछ । यहीँ महिना ५२ वर्ष पुग्न लागेका मस्कले अर्को ट्वीटमा आफूलाई ध्रुवीय क्षेत्रमा पाइने जनावर वालरससँग तुलना गर्दै आफू केवल विपक्षीमाथि पल्टिने र केही पनि नगर्ने बताए। त्यसपछि उनले वालरसहरुको छोटो भिडियो पनि पोस्ट गरेका छन् जसले के संकेत गर्दछ भने उनले कुस्तीका लागि जुकरबर्गलाई दिएको चुनौती कुनै गम्भीर चुनौती नभएर हँसीमजाक मात्रै हो।

साथै उनले आफूले आफ्ना बच्चाबच्चीलाई उचालेर माथिसम्म फ्याँकेर समाउनु बाहेक कुनै पनि व्यायाम नगरेको पनि बताएका छन्। उता, ३९ वर्षीय जुकरबर्ग भने मार्सल आर्टका खेलाडि नै हुन् र यसमा उनले विभिन्न प्रतियोगितामा पुरस्कार पनि जितेका छन्।

त्यसैले यदि जुकरबर्ग र मस्कबीच कुस्ती खेल भएमा जुकरबर्गले नै बाजी मार्ने अनुमान सोसल मिडियामा धेरैले गरेका छन्।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार १९:२६   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।