काठमाडौं। काठमाडौं महानगरपालिकाले मैतीदेवीमा सञ्चालित एफडीएच क्लिनिक बन्द गराएको छ।
मापदण्ड विपरीत क्लिनिक सञ्चालनमा भइरहेको पाइएपछि बन्द गराएको महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएकाे छ । महानगरले आज दिउँसो ४ बजे एफडीएच बन्द गराएको हो।
एफडीएच (फुड, डाइबिटिज, हार्ट) नाममा क्लिनिक मोटोपन, मधुमेह, उच्च रक्तचाप र थाइराइड रोग निको पार्ने दाबी गर्दै सञ्चालनमा रहेकाे थियाे। यो क्लिनिक डा.दिलजन मन्सुरले सञ्चालन गर्दै आइरहेका थिए।
ती रोगहरू निको बनाउने नाममा ‘लो कार्ब डाइट’ सञ्चालन गरिरहेको क्लिनिक मापदण्ड अनुसार सञ्चालन नभएको पाइएपछि सिल गरिएको काठमाडाै महानगरपािलकाले जनाएकाे छ ।





















प्रतिक्रिया