Logo

प्रमुख समाचार

एसईईको नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसएसईई) को नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको छ । प्राविधिक समस्या आएमा नतिजा यस साता प्रकाशित नहुनेछ । एसईई परिक्षा गत चैत १७ गतेदेखि चैत २९ गतेसम्म चलेको थियो ।

एसईईको नतिजा कुन लेटर ग्रेडिङ अनुसार सार्वजनिक गर्ने भन्ने विषयमा भने अझै निर्णय नभइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । सरकारले १८ फागुन २०७८ मा संशोधन गरेको लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिकतर्फ न्यूनतम ३५ र प्रयोगात्मकतर्फ ४० अङ्क ल्याउनैपर्छ ।

परीक्षामा ७७ जिल्लाका २ हजार ३६ परीक्षा केन्द्रबाट करिब पाँच लाख विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आईतवार १७:१९   :  बजे

354
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।