Logo

समाचार

मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौं । मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिरहा गोलबजार नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने ४४ वर्षीय भविन्द्रनाथ लामालाई गएकाे शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लामाले १ जनालाई वैदेशिक रोजगारका लागि मौरिसस पठाई गार्मेन्ट सिलाईमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका-१६ वनस्थली ढुंगेधाराबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : असार १७, २०८० आईतबार  ७ : १२ बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।