Logo

मनोरञ्जन

‘नदेख्दा तिमीलाई’मा केकी र रञ्जनको रोमान्स (भिडियो )



काठमाडौं । गायिका रचना रिमाल र गायक रञ्जन राईको सुमधुर स्वरमा सजिएको ‘नदेख्दा तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा शब्द डि पी खनालको रहेको छ भने संगीत नवीन कार्कीको रहेको छ।

गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा नायिका केकी अधिकारी र रञ्जन कोइराला बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।

रशिका कोइरालाको प्रस्तुति रहेको यस भिडियोलाई राजिव समरको निर्देशनमा तयार पारिएको हो। नरेश कोइराला निर्माता रहेको यस गीतको भिडियोलाई ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भिडियाे हेर्नुहाेस्

प्रकाशित मिति : १८ असार २०८०, सोमबार १७:४६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।