Logo

शिक्षा

पुरानै ग्रेडिङ पद्धतिअनुसार एसईईको नतिजा सार्वजनिक गरिने



काठमाडौं । कक्षा १० को नतिजा पुरानै ग्रेडिङ पद्धतिअनुसार सार्वजनिक गरिने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष अनुसार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डले यस पटकका लागि पुरानो निर्देशिकाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक विष्णु नारायण श्रेष्ठले जानकारी दिए ।

बोर्डले २०७९ को कक्षा १० को नतिजा शुक्रबारभित्रमा सार्वजनिक गर्ने तयारी गरेको छ । ‘परीक्षा सार्वजनिक गर्ने अन्तिम तयारीमा छौ। शुक्रबारभित्रमा सार्वजनिक गर्छौ, श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : १९ असार २०८०, मंगलवार १२:४०   :  बजे

702
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।