Logo

अर्थ

भक्तपुर बहुमुखी क्याम्पसका विद्यार्थीसँग कामना बैंकले बाँड्यो वित्तीय साक्षरताको ज्ञान



काठमाडौं । कामना सेवा विकास बैंकले भक्तपुर बहुमुखी क्याम्पसमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले व्यवस्थापन संकायका विद्यार्थीहरुलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

उक्त कार्यक्रममा ६० भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सतर्कततालगायतका विषयमा साक्षरता प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरिप्रसाद लम्साल, जगाती शाखाका शाखा प्रमुख सुरजकुमार सरार्फलगायत अन्य कर्माचारी र क्याम्पसका तर्फबाट क्याम्पसका सहायक प्राध्यापक तुलसीराम घेमोसु र अन्य विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार १८:२९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।