Logo

पत्रपत्रिका

मुद्दा मिलाउन बिचौलिया र कर्मचारीको ‘सेटिङ’



धनगढी । जिल्ला प्रशासन कार्यालय कैलाली परिसरमा खडा गरिएको मिटरब्याज पीडित सहायता कक्ष दैनिकजसो भरिभराउ हुुन्छ।

प्रशासनले गत जेठ १४ गतेसम्म परेका मिटरब्याज पीडितका उजुरीमा दुवै पक्षलाई सहमतिमा लिएर मिलापत्र गराउने प्रक्रिया थालेपछि पीडितहरू धमाधम आउन थालेकाले सहायता कक्षमा भीडभाड बढेको छ ।

प्रहरीको उपस्थितिमा प्रशासनले मिटरब्याज पीडित र पीडक व्यक्तिलाई एकआपसमा सहमति गराउने काम गरिरहेको छ भने सहमति नजुटेका उजुरी थप कारबाहीका लागि प्रहरी र अदालत मुद्दा पठाइने स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी शिवराज जोशीले उजुरी दिन तोकिएको अन्तिम समय १४ जेठसम्म २ सय ४५ वटा उजुरी परेको जानकारी दिए।

जोशीका अनुसार अहिले ती उजुरीको अध्ययन गर्ने, दुवै पक्षलाई बोलाएर छलफल गराउने तथा सहमति गराएर मिलापत्र गराउने काम भइरहेको छ । हालसम्म मिटरब्याज सम्बन्धीका ६४ वटा उजुरीमा दुवै पक्षलाई बोलाएर छलफल गरिएको छ । तीमध्ये १४ उजुरीमा भने सहमति गरिएको छ । बाँकीको हकमा भने दुवै पक्ष सहमतिमा नआएका कारण थप कारबाहीको प्रक्रिया अघि बढेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार ०९:५५   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।