काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा हरेक परिवर्तनको सुरुवातमा एक्लै उभिने गरेका छन् । साठ्ठीको दशकमा कांग्रेसभित्र गणतन्त्रको नारा लगाउँदा सुरुमा एक्लै उभिएका गगन अहिले पार्टी रुपान्तरणार्थ पनि एक्लै उभिएका छन् ।
उनलाई गणतन्त्रको नारा लगाउँदा तत्कालीन कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्य र नेविसंघका अध्यक्ष गुरुराज घिमिरेले साथ दिएका थिए । राजसंस्थाको विरुद्धमा बोल्दा तत्कालीन शासकले गगन, गुरुराज र प्रदीप पौडेललाई जेल पठाएका थिए । तर गगन रोकिएनन् ।
गगनको अडानका अगाडि शासक झुके । त्यति मात्र होइन, गगनले राजसंस्था हटाउनुपर्ने र पार्टीले गणतन्त्रको धार अवलम्बन गर्नुपर्छ भन्दा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले मानेका थिएनन् ।
अहिले संस्थापन पक्ष् अर्थात् सभापति शेरबहादुर देउवा समूहमा रहेका एकजनाले पनि गणतन्त्रको नारा उठाउन सकेका थिएनन् । जबकि गगन कांग्रेस केन्द्रीय सदस्यसमेत थिएनन् ।
अकस्मात् गिरिजाप्रसादले गणतन्त्रमा जाने कुरामा विश्वस्त भए । त्यसपछि कांग्रेसभित्र रातारात सबै गणतन्त्रवादी भए। सबैले नरहरि र गगनकै बाटो समाते । अहिले गगन थापा कांग्रेसको महामन्त्री छन् । पार्टीलाई रुपान्तरण गरौं भन्ने हुटहुटी लिएका छन् ।
पुरातन सोच र शैलीले पार्टी चल्दैन भनेर उनले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर कांग्रेसलाई अघि बढाउन खोजेका छन् । तर सभापति देउवाका ‘एस म्यान’ हरू अहिले गगन र विश्वप्रकाशको खेदो खनिरहेका छन् ।
बहुमतको आडमा महामन्त्रीद्वयको हुर्मत लिइरहेका छन् ।




















प्रतिक्रिया