Logo

समाचार

साहित्यकार तथा राजनीतिज्ञ सागर शम्शेर जबराको ‘किङ्डम लस्ट’ लोकार्पण



काठमाडौं । साहित्यकार तथा राजनीतिज्ञ सागर शम्शेर जङ्गबहादुर राणाद्वारा लिखित ‘किङ्डम लस्ट्’ पुस्तक लोकार्पण भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक समारोहमा पूर्व सभामुख दमननाथ ढुङ्गाना, सांसद रघुजी पन्त, इतिहासकार जोन ह्वेल्प्टन र लेखक सागर जबराले संयुक्तरुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले लिखित सन्देशमार्फत लोकतान्त्रिक आन्दोलन र राजनीतिक भोगाइ एवम् अनुभवलाई पुस्तकमा व्यक्त गरिएकोप्रति खुसी व्यक्त गरे । २००७ सालदेखि गणतन्त्र स्थापनासम्मका राजनीति, प्रशासनिक व्यक्तित्व, राजदरबारका व्यक्तिसँग भएको प्रत्यक्ष संवाद पुस्तकमा रोचक ढङ्गले प्रस्तुत गरिएको राष्ट्रपतिको लिखित सन्देशमा उल्लेख गरिएको छ ।

यस्तै, पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पुस्तक लोकार्पण सन्दर्भमा लिखित सन्देशमार्फत बधाई एवम् शुभकामना व्यक्त गरे । पुस्तकमा नेपालको राजनीतिक इतिहास तथा विभिन्न कालखण्डका गतिविधि समेटिएको छ । उक्त पुस्तकमा राणाकालदेखि विभिन्न राजनीतिक दलका नेताहरूसँग गरिएको संवाद एवम् अन्तरसंवादमा आधारित रहेर पुस्तक तयार गरिएको जानकारी लेखक राणाले दिए ।

उनले पुस्तक लेखनमा सबैभन्दा बढी प्रेरणा आफ्नो परिवारबाट प्राप्त भएको बताए । पुस्तक लोकार्पण कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद, पूर्वमन्त्री, राजनीतिक दलका नेता, पत्रकार, साहित्यकारको बाक्लो उपस्थिति थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार २०:३९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।