Logo

शिक्षा

बालेनले पाए पीएचडीका लागि फेलोसिप



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पीएचडीका लागि फेलोसिप पाएका छन् ।

उनलाई काठमाडौं विश्वविद्यालय (केयू)ले फेलोसिप दिएको हो । मेयर शाहले पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवाः सम्पदा संरचनाको संरक्षण विषयमा पीएचडी गर्ने जनाएका छन् ।

फेलोसिपका लागि छनोट भएको जानकारी गराउँदै केयूले लेखेको पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै शाहले धन्यवाद समेत दिएका छन् ।

मेयर शाहले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए ।

 

प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार ०८:५९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।