काठमाडौं । अधिवक्ता भगवती पाण्डेलाई कारबाहीकाे माग गर्दै पुन: प्रदर्शन भएकाे छ । तामाङ, मगर र मुस्लिम समुदायप्रति पाण्डेले दिएको विवास्पद अभिव्यक्तिविरुद्ध सोमबार नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ र अन्य विभिन्न भाषिक संस्थाहरूले माईतीघरदेखि नयाँबानेश्वरसम्म संयुक्त रुपमा विरोध प्रदर्शन गरेको हुन् ।
यस अघिनै प्रहरी नियन्त्रणपछि रिहा भएकी पाण्डेलाई पुन: नियन्त्रणमा लिन माग गर्दै उनीहरूले प्रर्दशन गरेका हुन् । पाण्डेले प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा तामाङ, मुस्लिम, मगर लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाउँदै आएका छन् ।
तस्बिरहरू हेर्नुहाेस्:–




















प्रतिक्रिया