Logo

प्रमुख समाचार

शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरू गरे आन्दोलनको घोषणा



काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेययकप्रति निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको घोषणा गरेका छन् ।विधेयकमा समावेश गरिएका कतिपय विषयमा उनीहरूले असहमति जनाएका हुन् ।

प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरुमा आपत्ति जनाउँदौ प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्त रुपमा आन्दोलनको घोषणा गर्दै देशभर विद्यालय बन्द गर्ने घोषणा छन् ।

उनीहरुले मंगलबार पत्रकार सम्मलेन गर्दै बुधबार पालिका/जिल्ला प्रशासन कार्यालय/शिक्षा विकास तथा समान्वय इकाइ/प्रदेश मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, बिहीबार मस्यौदाको विरोध प्रदर्शन गर्ने, शुक्रबार सरोकारवाला पक्षबीच अन्तरक्रिया तथा छलफल गर्ने, आ-आफ्ना संगठनमा समिक्षा बैठक गर्ने र शनिबार देशैभरका अनिश्चितकालिन विद्यालय बन्द गर्ने, भदौ १ गते अनिश्चितकालिन विद्यालय बन्द तथा विद्यालयका सवारी साधनहरु सार्वजनिक स्थलमा पार्किङ गर्ने घोषणा गरेका छन् ।

संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा ‘विधेयक निजी लगानी तथा व्यवस्थापनमा सञ्चालन भएका शैक्षिक प्रतिष्ठानहरुको अस्तित्व नामेट पर्ने उद्धेश्यबाट अभिप्रेरित भएको ठहर छ’ उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार १५:२४   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।