काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको चखुन्चा खोला उत्खनन गर्ने तयारी गरेको छ ।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार अहिले नापी कार्यालय चाबहिलमा काठमाडौं र बूढानीलकण्ठका प्रतिनिधि बीच छलफल भइरहेको छ ।
स्थानीयको माग बमोजिम बिहीबार काठमाडौँ महानगरपालिका डोजरसहित उक्त क्षेत्रमा पुगे पनि केही स्थानीयले अवरोध गरेका थिए । त्यस क्रममा झडप समेत भएको थियो ।
काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिकाको सीमा क्षेत्र भएर बग्ने खोला अतिक्रमणमा परेपछि पानी पर्दा उक्त क्षेत्र डुबानमा पर्दै आएको छ । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख पाण्डेले नापजाँचको काम भइरहेकाले सकिएपछि अतिक्रमित संरचना भत्काउने बताए ।
तस्बिरहरु :

















प्रतिक्रिया