Logo

अर्थ

१00 किलो भनिएको सुन गालिसक्दा ६० किलो ७१६ ग्राम मात्र (तस्बीरहरु)



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद गरिएको सुन आज गालिएको छ । एक क्वीन्टल भनिएको सुन गाल्नुअघि जोख्दा ६० किलो ७८९ ग्राम थियो । पगालेर जोख्दा सुन ७३ ग्रामले घटेर ६० किलो ७१६ ग्राम भएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाकाअनुसार ब्रेक शुबाट छुट्टयाएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको हो ।

चिनियाँ तस्करले हङकङबाट भित्र्याएको सुन गत असार २९ गते विमानस्थल भन्सारसमेत पार गरिसकेको अवस्थामा सिनामंगल सडकबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो ।

सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो । त्यसबेला ब्रेक शु सहितको तौल लिइएको थियो ।

सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

तस्बीरहरु :

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलवार १६:१८   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।