Logo

शिक्षा

कक्षा १२ को नतिजा ५ बजे सार्वजनिक हुने



काठमाडौं ।  कक्षा १२ को नतिजा सार्वजनिक आज साँझ ५ बजे सार्वजनिक हुने भएको छ । साँझ ५ बजे परीक्षाफल सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

परीक्षा नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बोलाइएको छ ।

वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । करिब साढे ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएका थिए । एक हजार ४ सय ५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलवार १६:३६   :  बजे

729
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।