Logo

अर्थ

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरूद्ध प्रदर्शन (तस्बिरहरू)



काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरूद्ध प्रदर्शन गरिएको छ ।

अखिल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नेपाल आयल निगमको कार्यालयमा विरोध प्रदर्शन गरेको हो । कम्युनिस्ट पार्टी नेपालले बढ्दो मुल्य वृद्धि रोक्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको बताउँदै आयल निगमले पेट्रोलियम पदार्थको मूल्य हिजो बढाएको थियो । निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४ रुपैयाँले बढाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

तस्बिरहरु :

 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार १४:५२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।