Logo

प्रमुख समाचार

महानगरले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने



काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ ।

गत वर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जानकारी दिए ।

उनका अनुसार सङ्घीय सरकारले कक्षा ६ सम्म प्रतिविद्यार्थी रू १५ दिँदै आइरहेकामा महानगरले गत वर्षदेखि रू १० थप गरेर रू २५ बनाएको थियो ।

सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि सरकारले दिँदै आएको रू १५ मा महानगरले रू १५ थप गरी रू ३० पुर्‍याएको कोइरालाले बताए ।

भदौदेखि कक्षा ६ देखि कक्षा १० सम्मलाई पनि दिवा खाजाको व्यवस्थापन गर्न महानगरअन्तर्गत शिक्षा विभागले विद्यालयलाई पत्राचार गरेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आईतवार १६:२५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।