काठमाडौं । कांग्रेसनिकट नेपाल विद्यार्थी संघले इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धिको विरोध गरेको छ । सर्वसुलभ र गुणस्तरीय शिक्षा नागरिकको अधिकार र राज्यको दायित्व भएपनि शुल्क वृद्धि गर्दा गरिब तथा जेहेन्दार विद्यार्थी अध्ययनबाट बञ्चित हुनुपर्ने अवस्था आएको भन्दै नेविसंघले आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने भएको छ ।
अध्यक्ष दुजाङ शेर्पाले शनिबार एक विज्ञप्ति जारी गरी इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्कवृद्धिको विरोधमा आइतबार विहान १० बजे बालुवाटार घेराउ कार्यक्रम राखिएको जानकारी दिए । शुल्कवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै नेविसंघका नेता सुलभ चापागाईं पाँच दिनदेखि आमरण अनशनमा छन् । नेविसंघले उनको जीवन रक्षाको पनि माग गरेको छ ।
नेविसंघले सबै विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षाको एकै मापदण्ड तय गरी एकरुपता ल्याउनुपर्ने र इन्जिनियरिङ अध्ययन संस्थानले हालै गरेको शुल्कवृद्धि फिर्ता लिनुपर्ने माग गरेको छ ।

















प्रतिक्रिया