Logo

प्रमुख समाचार

ललिता निवास प्रकरणमा नाम जोडिएपछि दाङका सीडीओलाई मन्त्रालय तानियो



काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा जोडिएका दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई गृहमन्त्रालयमा तानिएको छ । मन्त्रालयले प्रजिअ वैद्यलाई मन्त्रालयको जगेडामा राखेको हो ।

वैद्य भूमि सुधार मन्त्रालयमा हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा सहभागी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रतिवेदनमा उल्लेख छ ।

मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भूमाफियाको पक्षमा फर्जी कागजात बनाएर जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा प्रहरी ब्युरोले उनलाई पनि मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

ब्युरोले राय दिएपछि उनलाई मन्त्रालयमा तानिएको हो । उनीसहित हिनामिना प्रकरणमा संलग्न सबैलाई आइतबार अदालतमा मुद्दा तयार गर्ने तयारी छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार ११:२१   :  बजे

222
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।