Logo

प्रमुख समाचार

ललिता निवास प्रकरण : आज पनि जिल्ला अदालतमा बयान हुँदै



काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थुनिएकाहरूको बयान आज पनि काठमाडौं जिल्ला अदालतमा हुने भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५७ दिन लगाएर अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार मुद्दा दर्ता गरेको हो ।

सीआईबीले प्रतिवेदनमा संगठित अपराधमा र किर्तेमा मुद्दा चलाउन राय दिएपनि सरकारी वकिलले भने पश्चातदर्शी कानुन लगाउन नमिल्ने जनाउँदै किर्तेमा मुद्दा चलाएको हो ।

सोमबार उक्त प्रकरणमा थुनामा रहेकामध्येका शिव भट्टराई र रूद्रकुमार श्रेष्ठको बयान न्यायाधीश भोलानाथ ढकालको रोहबरमा भएको छ ।

आज (मंगलबार) चार जनाको बयान लिन काठमाडौं जिल्ला अदालतले तयारी गरेको छ । ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिनामा चार पूर्वमन्त्री, सञ्चारसचिव कृष्णबहादुर राउत, गृह मन्त्रालयका सहसचिव सुशील वैद्यसहित सरकारी वकिल कार्यालयले २८९ जनासहित मृत्यु भइसकेका २१ लाई पनि प्रतिवादी बनाएर किर्ते मुद्दा दायर गरेको छ । ललिता निवास जग्गा प्रकरणमा १८ जना थुनामा छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १०:३९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।