Logo

अचम्म

‘ओ माई गड’: मानव मस्तिष्कबाट निकालियाे ८ सेमी लामाे जीवित कीरा



एजेन्सी । अष्ट्रेलियाकी एक महिलाको मस्तिष्कबाट विश्वमै पहिलो पटक ८ सेन्टिमिटर लामो कीरा निकालिएको वैज्ञानिकहरुले बताएका छन् ।

यी महिला मूलतः इङ्गल्याण्डकी हुन्। गत वर्ष क्यानबेरामा एक महिलाको शल्यक्रिया गर्दा मस्तिष्कको अगाडिको भागको क्षतिग्रस्त तन्तुबाट ‘तार जस्तो’ वस्तु निकालिएको थियो । यो रातो रङको कीरा महिलाको दिमागमा करिब दुई महिनादेखि बसेको हुनसक्ने बीबीसी समाचारमा उल्लेख छ।

अन्वेषकहरूले यस केसले जनावरबाट मानिसमा रोग र संक्रमण फैलाउने जोखिम कसरी बढ्दै छ भन्ने कुरा दर्शाएको बताएका छन्। क्यानबेरा अस्पतालका संक्रामक रोग विशेषज्ञ डाक्टर सञ्जय सेनयेकले भने, ‘डाक्टरले केही असामान्य वस्तु देखेर यसलाई निकाले। उक्त वस्तु जीवित आठ सेन्टिमिटर लामो रातो कीरा भएकोले अपरेटिङ थिएटरमा रहेका सबैजना स्तब्ध भए । यो पूर्णतया नयाँ प्रकारको संक्रमण हो, जुन आज भन्दा पहिले कुनै पनि मानिसमा भेटिएको थिएन।’

अष्ट्रेलियामा पाइने कार्पेट पाइथन नामक सर्पमा यस्ता किराहरु प्राय पाइने चिकित्सकहरु बताउँछन् । वैज्ञानिकहरूका अनुसार सम्भवतः ती महिला तालको छेउमा बस्छिन् र वरिपरि फलेको हरियो सागसब्जी खाएर यो कीरा उनको दिमागमा पुगेको थियो ।

इमर्जिङ इन्फेक्सियस डिजिजेज जर्नलमा अस्ट्रेलियाका विज्ञ मेहराब हुसेनले अनुमान गरेका छन् कि ती महिलाले अजिङ्गरको मल र परजीवीको अण्डा भएको दूषित सागपात खाएको हुन सक्छ। बिरामीलाई जनवरी २०२१ को अन्तिम हप्तामा अस्पतालमा भर्ना गरिएको थियो। अहिले ती महिलाको स्वास्थ्यमा सुधार हुँदै छ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १७:०४   :  बजे

210
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।