Logo

प्रमुख समाचार

लेनदेनकाे विषयमा महिलाकाे हत्या गरेको अभियोगमा एकजना पक्राउ



सुनसरी ।  ईटहरी उपमहानगरपालिका-२ बसन्त टोल बस्ने ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-१७ साउने बस्ती बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-९ घर भएका २७ वर्षीय कर्मराज परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लेनदेनको बिषयलाई लिएर परियारले आफ्नै कोठमा लगि यशोदाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट रेलवे धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार १७:५०   :  बजे

312
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।