Logo

राजनीति

पर्यटन यातायात व्यवसायी चुनाव : बेदराज बास्तोला प्यानलको घोषणा



काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघ केन्द्रीय कार्यसमितिको आसन्न चुनावका लागि बेदराज बास्तोला नेतृत्वको प्यानल सार्वजनिक गरिएको छ । काठमाडौंमा शनिबार घोषणा गरिएको बास्तोला प्यानललाई पूर्व अध्यक्षद्वय रामशरण कार्की र साङ्गे लामा तथा पूर्व प्रथम उपाध्यक्षत्रय सुनिल श्रेष्ठ, राजकुमार लामा र भिम गोलेको समर्थन रहेको छ ।

२० औँ साधारण सभाबाट चुनिने नेतृत्वका लागि बास्तोला प्यानलबाट प्रथम उपाध्यक्षमा रमेश गौतम, द्वितीय उपाध्यक्षमा विनोद तमाङ्ग, महासचिवमा केदानाथ कट्टेल, सचिवमा तेज लामा र कोषाध्यक्षमा रामकुमार बस्नेत मैदानमा उत्रिएका छन् ।

त्यसैगरी नमराज अर्याल, राम आचार्य, टेकबहादुर पुन र नकुल तिमल्सिनाले सोही प्यानलबाट सदस्य पदमा दाबेदारी पेश गरेका छन् । संघको नयाँ नेतृत्वका लागि यही भदौ १९ गते चुनावको कार्यक्रम तय गरिएको छ । संघको साधारण सभा भने भदौ २२ गते सम्पन्न गरिने छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार २१:२९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।