Logo

प्रमुख समाचार

कुखुराको अण्डाकाे विषयमा झगडा हुँदा एक जनाकाे हत्या, दुई जना पक्राउ



मोरङ । विराटनगर महानगरपालिका-११ बरमपुरा बस्ने ७० वर्षीय हरि कुमालको कुटिपट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५१ वर्षीय नरेश मेहता र उनकै श्रीमती ४९ वर्षीया कुमारी तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कुखुराको अण्डाको विषयलाई लिएर उनीहरूबीच वादविवाद भई कुटपिट भएको र दुवै पक्ष आ-आफ्नो घर गएकोमा हरि कुमालको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलवार १४:०१   :  बजे

303
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।