Logo

समाचार

सुन तस्करी प्रकरण : त्रिभुवन विमानस्थल भन्सारका अधिकृतसहित ३ कर्मचारी पक्राउ



काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका थप ३ कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी र नायब सुब्बाहरु वीरेन्द्र नेपाली र कमल परियार रहेका छन् ।

ब्रेक शु मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उनीहरूलाई शुक्रबार पक्राउ गरिएको सीआईबी स्रोतले जानकारी दियो ।

विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा प्रहरीले सिनामंगल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । स्कुटरको ब्रेक सुमा लुकाएर ल्याएको सुन ब्रेक सुबाट निकालेर गाल्दा ६० किलो भन्दा केही बढी भएको खुलेको थियो ।

सीआईबीले यो प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । यही हप्ताभित्र अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाउने सीआईबीको तयारी छ ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार १६:३६   :  बजे

348
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।