Logo

आजको तस्बिर

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि च्यासलमा (तस्बिरहरू)



काठमाडौं । संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । पार्टी केन्द्रीय कार्यालयमा नेता–कार्यकर्ताहरु नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । नेम्वाङकाे पार्थिव शरीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीकाे झन्डा र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय झन्डा ओढाइन् ।

च्यासल पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

यसैगरी पूर्व प्रधानमन्त्री झलनाथ खनाल, अर्थमन्त्री प्रकाशशरण महत, संचारमन्त्री रेखा शर्मा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठलगायतले पनि च्यासल पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

घरको शौचालयमा राति १ बजेतिर बेहोस अवस्थामा भेटिएका नेम्वाङलाई १ः५० बजे त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

तस्बिरहरू:–

      

   

 

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार १३:२७   :  बजे

231
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।