Logo

प्रमुख समाचार

सुन तस्करी गर्न ७ वटा कम्पनी खोलेको सीआईबीको दाबी



काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरोले नेपालमा सुन तस्करी गर्न चिनियाँ गिरोहले ७ वटा कम्पनी खोलेको दाबी गरेको छ ।

२ साउनमा बरामद भएको ब्रेक शुमा लुकाएर ल्याएको ६० किलो बढी सुनको अनुसन्धान गरेको सीआईबीले आज सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदैछ । यो समूहले ब्रेक शुमै लुकाएर थप ३०२ किलो सुन ल्याएको सीआईबीको निष्कर्ष छ ।

सीआईबी प्रमुख किरण बज्राचार्यका अनुसार यो समूहले तस्करीका लागि नेपाली नागरिकहरुलाई प्रयोग गरेर ७ वटा कम्पनी खोलेका थिए । अरु कम्पनीबाट ल्याइएको इलेक्ट्रिक सामानमा पनि सुन आएको देखिएको भन्दै सीआईबी प्रमुख बज्राचार्यले भनिन्, ‘अहिले ब्रेक प्याडको मात्र अनुसन्धान गरेका छौं, अरु सुनको अनुसधान गर्न बाँकी छ । यसमा पुरक अनुसन्धान हुनेछ ।’

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १३:१९   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।