Logo

प्रमुख समाचार

सीआईबीले बुझायो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ ।

ब्यूरोले अनुसन्धानको मिशिल बुझाएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणी न्यौपानेले बताए ।

थुनामा रहेका ३२ जनामध्ये २६ जनालाई मात्र प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ । रोल्पा घर भएकी अमला रोका सहित १८ जनालाई फरार प्रतिवादी कायम गरिएको छ ।

रेडीट्रेड प्रा.लीले ६० किलोभन्दा बाहेक ३०२ किलो सुन तस्करी गरेर काठमाडौँ ल्याएको अनुसन्धानबाट देखिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले बताइन् । तस्करीमा संलग्नहरुले पछिल्लो पटक करिब ३६२ किलो सुन तस्करी गरेको ब्युरोको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सीआईबीले ३ अर्ब ५० करोड २ लाख रुपैयाँ बिगो कायम गर्नुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १६:५३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।