Logo

समाचार

गैह्रीगाउँमा चार जनाको विभत्स हत्या : तालिमप्राप्त कुकुरसहित अपराधी राेज्दै प्रहरी



काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा विभत्स हत्या गरिएकाे अवस्थामा चार जनाको  शव फेला परेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको जानकारी दिए ।

घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका र अहिले घटनास्थलमा प्रहरी परिचान भएको उनलेब ताए  । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ ।

अहिले घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरिएको छ । विस्तृत विवरण आउन बाँकी नै छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार १०:५१   :  बजे

321
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।