Logo

कोरोना संक्रमण बढेपछि फ्रान्समा एक महिनाका लागि लकडाउन घोषणा



कोरोना संक्रमण बढेपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले कम्तिमा नोभेम्बरको अन्त्य सम्म दोस्रो राष्ट्रिय लकडाउन घोषणा गरेका छन्।

कोरोना भाइरसको दोस्रो लहरको संक्रमण पहिलेको भन्दा अझ घातक हुन सक्ने भन्दै राष्ट्रपति माख्रोले फेरी लकडाउन घोषणा गरेका हुन् ।कोरोना भाइरस द्रुत गतिमा बढेको भन्दै उनले राष्ट्रिय टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै लकडाउनको घोषणा गरेका हुन् ।

राष्ट्रपतिका अनुसार शुक्रबारदेखि नयाँ घोषणा लागू हुने छ । यो घोषणा डिसेम्बर १ सम्म लागू हुने छ । घोषणाअनुसार सुसार केन्द्र र स्कुलहरु भने खुला रहने छन् । लकडाउनको नयाँ नियमअनुसार सर्वसाधारण नागरिकहरु अत्यावश्यक सामान खरिद, स्वास्थ्य परामर्श र एक घण्टा दैनिक व्यायामका लागि निस्किन पाउने छन् ।

फ्रान्सका अस्पतालहरुमा कोरोना भाइरसबाट बढ्दो बिरामीको चाप कम गर्न यस्तो कदम चाल्नुपरेको राष्ट्रिय टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपतिले बताएका हुन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार ०७:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।