Logo

प्रमुख समाचार

अवैध लागूऔषधसहित तीनजना पक्राउ



काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वाईन्टमा जाँच गर्ने क्रममा झापा बिर्तामोड नगरपालिका-८ बस्ने २९ वर्षीय टंकबहादुर मगरलाई अवैध लागूऔषध खैरो हिरोईन ९ ग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रणको संयुक्त टोलीले बा।प्र ०३-००१ ख २५१३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई पक्राउ गरेको हो । त्यस्तै, कैलाली, लम्कीचुहा नगरपालिका-१० सुतैयाबाट अवैध लागूऔषध खैरो हेरोईन पदार्थ करिब ३ सय २० मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय दिपक चौधरी र २७ वर्षीय भुवन चौधरी रहेका छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : आश्विन ७, २०८० आईतबार  ६ : ०३ बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।