काठमाडाैं । मोटरसाइकल चोरीमा संलग्न एक जनालाई सोमबार काठमाडौँको कमलपोखरीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाराको निजगढ नगरपालिका १ का ३४ वर्षीय धनबहादुर वाइवालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ११ का छविलाल घिमिरेले २०७९ चैत ६ गते पशुपती मन्दिर नजिकैबाट बागमती प्रदेश ०२-०२३ प ६२ ४९ नम्बरको २ सय सि.सि.को NS पल्सर मोटरसाइकल हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०३० प ३५ ७५ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता ईकाइबाट खटिएको टोलीले लामालाई मोटरसाइकलसहित फेला पारी कमलपोखरीबाट आज दिउँसो नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका लामालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।
प्रतिक्रिया